लुम्बिनी प्रदेश सरकारले भद्रौ ३१ गते सार्वजनिक बिदा दिने भएको छ ।
थारु समुदायको बड्का अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले दाङ, बाँके र बर्दियामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक सूचनामा २०७९ चैत्र १७ गते बसेको क्याविनेट बैठकको निर्णयानुसार बिदा दिइएको जनाइएको छ ।
थारू बाहुल्य रहेको लुम्बिनीका यी तीन जिल्लामा अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ ।








































