Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:२७ दिउँसो
- ADVERTISEMENT -

नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री

प्रकाशित मिति: २०८० भदौ २३, शनिबार

155
Shares

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ ।’

‘मन्त्री डा। महतले भन्नुभयो, ‘नुवाकोट खाद्यन्नमा आत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ । कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं । कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।’


कृषि उत्पादन, फलफुल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना छ । त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ । महिला दिदी बहिनीहरुकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं । त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री डा। महतले बताउनुभयो ।

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध छ । पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो । अहिले सुरु हुन थालेको छ । त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ । गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ । चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट परेको मन्त्री डा। महतले जानकारी दिनुभयो ।

उहाँले सिमरा सिँचाइको नहर बिग्रेको अवस्था छ । ढिकुरेको पनि त्यस्तै अवस्था छ । त्यसलाई पनि हामीले बजेट राखेका छौं । त्यो निर्माण भइसकेपछि १२ महिना सिचाइँको सुनिश्चिता हुनेछ । त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुहोस् हामीले भनेका छौं । तपाईंहरुको पनि सहयोग चाएको बताउनुभयो ।

एक नम्बर निर्वाचन क्षेत्रमा मात्र बजेट राखेछ भनेर कतिपयलाई लागेको छ । दुई नम्बरमा पनि केन्द्रको प्रशस्त बजेट छ । विदुर नगरपालिकामा ढललगायत निकासको ठूलो समस्या छ । त्यसका लागि ६५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी साथीहरु पार्टीले गरेको कामबारे प्रचार गर्दैनन् । एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा हामी हत्त न पत्त टिप्पर्णी गरिहाल्छौं । फलानोले जस पाउँछ कि भन्ने होइन यसको जस पार्टीले पाउँछ । त्यसपछि मात्र पार्टीले गरेपछि भनेर जनताले थाहा पाउँछन् । जो उम्मेदवार भए पनि त्यसपछि मात्र जनताले कांग्रेसलाई मत हाल्छन् । महिला दिदी बहिनीको अगुवाइमा हिजो, आज र भोलि गर्ने कामको प्रचार हुनुपर्यो ।’

‘छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा रह्यो । यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर मैले एक अर्ब बजेट राखेको छु, यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो । अहिलेको प्रयासले पुग्दैन, मन्त्री डा। महतले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैछ । हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ । यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’

शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘महिलालाई लागेको कुरा गीत र नृत्यमार्फत तीजमा मात्र अभिव्यक्त गर्ने चलन पुरानो भयो । लोकतन्त्रमा हामी हरेक दिन तीज मनाउँछौं । ३६५ दिन नै हामीलाई लागेको कुरा भन्न पाउँछौं । घर बाहिर होस् वा घरभित्र हामीले चाहेको पेशा व्यवसाय गर्न पाउँछौं ।’

अहिले महिला दिदी बहिनीको युग भएको स्पष्ट पार्दै मन्त्री डा। महतले भन्नुभयो, ‘महिला दिदीबहिनी सशक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस छ । सशक्तिकरण र समावेशीको अभियान नेपाली कांग्रेसले सुरु गरेको हो । यो कुरा संविधानमा स्थापित भएको छ । अहिले एकतिहाइ महिलाको सहभागिता छ, आउँदा दिनमा महिला सहभागिता बढ्दै जानेछ ।’

महिलाको तुलनामा पुरुषको ठूलो संख्या विदेशमा छ । विकास, सामाजिक परम्परा र संस्कृतिको संरक्षणको अगुवाई महिला दिदीबहिनीहरुले गरिरहेका छन् । पुरुषहरु अस्थिर हुन्छन्, महिलाहरु स्थरिताको प्रतिक हुन् । महिलाले जिम्मेवारी पाए भने पुरुषभन्दा गम्भीरताका साथ पूरा गर्छन् ।

राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको नेतृत्व तहमा महिला दिदीबहिनीहरु आउनुपर्छ । यसका लागि आत्मविश्वास बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन सशक्तिकरणको अभियानले मद्दत गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -