Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:३६ बिहान
- ADVERTISEMENT -

ग्राण्डी अस्पतालद्धारा कोरियन नागरिकलाई उपचारमा सहुलियत

प्रकाशित मिति: २०८० भदौ १५, शुक्रबार

126
Shares

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा रहेका कोरियन नागरिकलाई उपचारमा सहुलियत दिने भएको छ । ग्राण्डीले कोरिया एशोसिशयन इन नेपालसँग नेपालमा रहेका कोरियन नागरिकको स्वास्थ्य उपचारमा उच्च प्राथपमिकताका आधारमा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । कार्यक्रममा नेपालस्थित कोरियन राजदूत टि योङ पार्क र ग्राण्डी अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरको उपस्थितीमा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र कोरिया एशोसियशन इन नेपालका अध्यक्ष जीन योङ यामबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर कुँवरले नेपालमा नै विशिष्ट खालको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले ग्राण्डी स्थापना गरिएको बताउनुभयो । दश वर्षदेखि स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको उहाँको भनाई थियो । नेपालस्थित कोरियन राजदूत टि योङ पार्कले नेपालमा बस्ने कोरियन नागरिकलाई नेपालमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले कोरिया एशोसियशन इन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

कोरियन नागरिकलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न राजदूतावासले समेत सहयोग गर्ने उहाँको भनाई थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा विजुक्छेले स्थापनाकालदेखि नै ग्राण्डीले गुणस्तरीय स्वास्थ्यलाई ध्यान दिँदै आएको बताउनुभयो । उहाँले ग्राण्डीले हाल ३१ विभिन्न विभागमार्फत विरामीलाई स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

कोरिया एशोसियशन इन नेपालका अध्यक्ष जीन योङ यामले नेपालमा रहेका कोरियन नागरिकले आगामी दिनमा विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने हेतुले ग्राण्डीसँग सम्झौता गरिएको बताउनुभयो । सन् २०१३ मा स्थापना भएको ग्राण्डीले २०० शैयामार्फत विरामीको उपचार गर्दै आएको छ । उक्त अस्पतालमा ४५ आईसीयु र १८ भेन्टिलेटर रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -