Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:००:१७ बिहान
- ADVERTISEMENT -

नेप्सेमा २०.५४ अंकको गिरावट

प्रकाशित मिति: २०८० भदौ १०, आइतबार

260
Shares

१० भदौ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०।५४ अंकले गिरावट हुँदा १९९३।३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १।०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक १।७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १।३६ प्रतिशतले गिरावट भएको हो । आइतबार अन्य निर्जीवन बीमा, लघुवित्त र वित्त कम्पनी उपसूचकमा पनि १ प्रतिशत भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार र बिहीबार लगातार २ कारोबार दिन डेढ अर्ब नाघेकोमा आइतबार सवा १ अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २६ करोड २८ लाखको कारोबार भएको छ ।

जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४७ लाखको कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख र सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ४ कम्पनीको सेयरमूल्य सिथर छ । आइतबार कारोबार भएकोमध्ये कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत र पिपुल्स पावर कम्पनीको सेयरमूल्य ५।१८ प्रतिशतले वृद्धि भएको छ । यता सिटिजन्स म्युचुअल फण्डको इकाइमूल्य ५।८८ प्रतिशतले बढेको छ ।

मकर जितुवामाई सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९।६३ प्रतिशतले गिरावट हुँदा लिवटी इनर्जी इनर्जी कम्पनीको सेयरमूल्य ६।३० प्रतिशत र अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५।७९ प्रतिशतले गिरावट भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -