Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:१२ दिउँसो
- ADVERTISEMENT -

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै

प्रकाशित मिति: २०८० भदौ ६, बुधबार

250
Shares

काठमाडौं, ६ भदौ । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । हिजो दिउँसो बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएपछि आजको लागि बोलाइएको हो । आजको बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

करिब एक महिनादेखि संसद अवरुद्ध र स्थगित हुँदै आएको छ । ६० किलो सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले गत १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको हो । आज बस्ने बैठक भने अवरुद्ध नहुने देखिएको छ ।

सोमबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । बैठकले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दललाई समितिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

हिजो मंगलबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदालाई आज बस्ने सर्वदलीय बैठकमा पेस गरिने र बैठकले अन्तिम रुप दिने बताइएको छ । सर्वदलीय बैठकले मस्यौदालाई अन्तिम रुप दिए संसद बैठक अवरुद्ध नगर्ने एमालेले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -