काठमाडौं-बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०८० श्रावण २७ गते शनिबार विद्यालयका १४ औंब्याच २०७९ का माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण ५६ जना विद्यार्थीहरू सम्मानित भएका छन् l “संस्कार सहितको शिक्षा” नाराअंगिकार गरेको विद्यालयको हाल कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा आफ्ना अग्रजहरुको सम्मानमा संयुक्त रुपमाकार्यक्रमको आयोजना गरिएको थियो l
२०७९ सालको माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई विद्यालयको सभाहलमाआयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, कार्यक्रमका सभापति एवम् विद्यालयका संस्थापक जेबी हमाल, विशेष अतिथि एवम् शिक्षक अभिभावक संघका अध्यक्ष मनोजप्याकुरेल, प्रिन्सिपल शायरा हमाल लगाएतले विद्यार्थीहरुलाई टिका, खादा एवम् मायाँको चिनो सहित सम्मान गर्नुभएको थियो l
कार्यक्रममा एसइई परिक्षामा ३.९० जीपीए ल्याउन सफल विद्यार्थी कुमार बुढा, ३.८५ जीपीए ल्याउन सफल विद्यार्थीहरू गुन्जन केसी रदिपेशराज गौतमलाई विशेष पुरस्कार सहित सम्मान गरिएको थियो भने कम्प्युटर विज्ञान विषयमा सम्पूर्ण विद्यार्थीहरूले ए प्लस (४.००जीपीए) ल्याउन सफल भएकोमा विषय शिक्षक श्री अमृत भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो l उक्त कार्यक्रममाविद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए आफ्नो विद्यालयका कक्षा ९ र १० भाइबहिनीहरुद्वारा आयोजित सम्मान कार्यक्रममा सम्मानित हुँदा विद्यार्थीहरु प्रफुल्लित देखिन्थे l
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले आफ्नो विद्यालयकालको स्मरण गर्दै विद्यार्थीहरुलाई बदलिँदो परिस्थितिमाआइपर्ने चुनौतीहरुको सामना गर्दै सफलताको बाटोमा अघि बढ्न शुभकामना दिनुभयो l त्यस्तै विशेष अतिथि मनोज प्याकुरेलले नैतिकमूल्य र मान्यताहरुलाई आत्मसात गरि अनुशासित भएर अघि बढेमा मात्र सफल हुन सकिने कुरामा जोड दिंदै उज्ज्वल भविष्यकोशुभकामना दिनुभयो l त्यसैगरी विद्यालयका संस्थापक जेबी हमालले विद्यार्थीहरुलाई विद्यालयमा सिकेको असल संस्कारलाई कायमगरि आफुलाई समाजमा सम्मानित व्यक्तिको रुपमा उभ्याउनको लागि सुझाव दिनुका साथै भविष्यमा उत्कृष्ट शैक्षिक यात्रा तथा सफलसामाजिक व्यक्तित्व निर्माणको लागि शुभकामना दिनुभयो l











































