नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो।
शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।
शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।
‘उहाँले म्यासेज गरेर घर (मण्डिखाटार) बाटै आफूलाई प्रहरीले पक्राउ गरेको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्यअजयबाबु शिवाकोटीले भने
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ रअर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।
शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।








































