काठमाडौं , श्रावण २०: नेपाली जनताका ऐजेण्डा स्थापित गर्दै राजनीतिक सिण्डिकेट तोडेर क्षमता,योग्यता र योगदानको कदर गर्ने जिम्मेवार राजनीति स्थापित गर्न नेता तथा शिक्षाविद् युवराज बस्ताकोटीले माग गरेका छन् । सामाजिक सञ्जालमा छोटो विश्लेषण सहित उनले लेखेका छन्, ” जनता तथा पुराना दलका शुभेच्छुकहरुले पुराना दलको विकल्प खोज्नुका कारण खोज्नुहोस्।
कारण यी हुन सक्छन् कि !
भ्रष्टाचारलाई प्रश्रय, तस्करीमा संलग्न , नातावाद कृपावाद, नीतिगत रुपमा कमजोर योजना र कार्यक्रम, जनताका ऐजेण्डा कम आफू केन्द्रीकृत भाषण बढि , जनचाहना वा जन आवश्यकता भन्दा स्वार्थ केन्द्रित वितरण, अन्याय माथि अन्याय गरिरहनु, एउटै व्यक्ति वा समूह वा परिवारले अवसर कब्जा गरिरहनु अर्थात जताततै सिण्डिकेट लागू गर्नु आदि।
सबैभन्दा महत्त्वपूर्ण त राजनीतिक ,सांस्कृतिक ,आर्थिक र सामाजिक चरित्र देखाउन नसक्नेहरुको हातमा संगठन पुग्नु ।
विकल्प के होला त !
नयाँ संगठन भन्दा पनि संस्थागत र ऐतिहासिक राजनीतिक योगदान भएका पुराना संगठनमा राजनीतिक ,सांस्कृतिक , आर्थिक र सामाजिक चरित्र राम्रो भएकालाई स्थापित गराउन सहयोग गर्दै जिम्मेवार राजनीति अगाडि बढाउनु नै सबैभन्दा राम्रो विकल्प हो । अन्तिम सम्म त्यहि प्रयास गर्ने कि !
अन्यत्र गएकालाई गाली गरेर पुराना दलको शाख बढ्दैन , झन् घट्छ ; अत: गाली गर्न छाडेर न्यायिक व्यवस्था स्थापित गरौं, जिम्मेवार बनौं।
देशको शिक्षा क्षेत्रको विकासबाट शुरु गर्नुपर्नेछ ।।”








































