प्योङयाङ । उत्तर कोरियाले अमेरिकी सैनिक आफ्नो नियन्त्रणमा रहेको स्वीकार गरेको छ । ट्राभिस किङ नाम गरेका ती सैनिककोअवस्थाबारे जानकारी माग गरेपछि प्योङयाङले त्यसको पुष्टि गरेको यूएन कमान्डले जानकारी दिएको हो ।
२३ वर्षीय सैनिक गत १८ जुलाईमा दक्षिण कोरियाबाट उत्तर कोरिया पुगेका थिए । किङलाई अमेरिका फर्काउने प्रयास जारी रहेकोबताउँदै कमान्डले उत्तर कोरियाको जवाफबारे विस्तृत जानकारी दिन भने अस्वीकार गरेको छ । यद्यपि, जवाफलाई किङबारे छलफलगर्न प्योङयाङ तयार रहेको सङ्केतको रूपमा बुझिएको छ ।
डिमिलिटराइज्ड जोनको अनुगमन गर्ने यूएन कमान्डले किङबारे उत्तर कोरियाली सेनासँग फोनमार्फत सम्पर्कबारे जानकारी लिएको थियो।
उत्तर कोरियाले यसअघि गरिएको सम्पर्कका लागि आग्रहलाई स्वीकार गरे पनि पहिलो पटक संवाद गर्दै अमेरिकी सैनिक आफ्नोनियन्त्रणमा रहेको बताएको हो । उत्तर कोरियाले सार्वजनिक रूपमा किङ उनीहरूको नियन्त्रणमा रहेको स्वीकार भने छैन । उत्तरकोरियामा प्रवेश गर्न अघि हातपातको आरोपमा किङ दुई महिना उत्तर कोरियाको जेलमा रहेका थिए । उनलाई १० जुलाईमा रिहागरिएको थियो ।
अनुशासनको कारबाहीका लागि उनी अमेरिका फर्कनुपर्ने थियो तर, उनी विमानस्थलबाट भागेर उत्तर कोरिया पुगेका थिए । -बीबीसी







































