मिस ग्रान्ड नेपाल २०२३ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन ।
छैठौ संस्करणका लागि मिस ग्रान्ड नेपालले २०० जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको छ । मिस ग्राण्ड फ़ाउण्डेषनले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस ग्राण्ड वोल्द , मिस फेस अफ बिउटी , मिस लण्डस्केप इन्टरनेसनल , मिस प्लानेट इन्टरनेसनल, र मिस औरा इन्टरनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको हो । यो वर्षदेखि अर्को सात ताजहरु समेत थप गरी यो वर्ष बाट ५ ताजझारु अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने र ७ ताज प्रदेशहरुको प्रतिनिधित्वका लागि प्रतिस्पर्धा गराउने भएको हो ।
राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको छनोट कार्यक्रममा सयौ सुन्दरीहरुको सहभागिता रहेकोमा अहिले १६ जना मात्रै अग्र स्थानमा आएका छन् । साउन १ गते सोमबारका दिन होटल नेपालयको हलमा गरिएको स्वागत कार्यक्रममा बोल्दै फ़ाउण्डेसनका उपा अध्क्षय प्रकाश कुवरले आफ्नो र नाम संगै आफ्नो देश, परिवारको देशको नाम चिनाउनको लागि यो सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएकोमा सबै प्रतियोगीलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। प्रतिस्पर्धामा विभिन्न जिल्लाका प्र्रतियोगी हरुको उपस्थिति रहेको छ ।
मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर मिस ग्राण्ड फ़ाउन्देशनले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको दर्शकहरुले बताएका छन । छनोटमा परेका १९ जनाको विहिवार देखि ट्रेनिंग सेसन चल्ने आयोजकले बताएका छन । नेपालका चर्चित कोरियोग्राफर बाट सेसन गरिने
मिस ग्रान्ड नेपाल २०२३ का बिजेताले नगदको साथै कम्पनी goodwill ambassador र नेपाली चलचित्रमा नायिका समेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२३ मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।








































