प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलबीच भेटावार्ता भएको छ ।
राजदूत अल–हइल आज बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








































