मिस्टर नेपाल २०२३ मा देशभर आयोजना गरिएको अडिसनबाट प्रतियोगी छानिएका छन् । जसमध्येबाट अन्तिम २० सेमिफाइनलिस्ट तय गरियको छ । छानिएका प्रतियोगी डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन्ट लगायत पेशासँग आबद्ध रहेका छन् ।
जस मध्ये झापाका प्रवीण पाठक टप-२० मा पर्न सफल र प्रावककारी सामाजिक व्यक्तित्व समेत हुन।
पाठक पुर्व नमुना युवा सांसद दमकमा प्रधानमन्त्री समेत हुन भने साथै पुर्वान्चल बोर्डिङ दमकमा फाउन्डर समेत रहेका छन् । पाठकको अनुसार उनी यो मिस्टर नेपाल २०२३ को बिजेता बन्नेमा आफू ढुक्क रहेको बताउछन्।
१६ देखि ३२ वर्षको उमेर ननाघेका युवाको सहभागिता रहने प्रतिस्पर्धामा ५ फिट ८ इन्चभन्दा बढी उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको छ । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वसहित पाँच लाख रुपैयाँ बराबरको पुरस्कार हात पार्नेछन् ।
प्रवीण उक्त ताज जिती नेपाल र नेपालीको नाम संसारभर जिनाउने बिवाश्का साथ अगाडी बढिरहेका छन्।








































