Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:३२ बिहान
- ADVERTISEMENT -

सरकारले माग पुरा नगरे दहचोकस्थित सुरुङ मार्गको काम रोक्ने स्थानीयको चेतावनी

प्रकाशित मिति: २०८० साउन ३, बुधबार

176
Shares

काठमाडौं ।
दहचोकका स्थानीयले सुरुङ मार्गका कारण भएको क्षतिपूर्तिका लागि सरकारले कुनै वास्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार सुरुङमार्गको दहचोकस्थित प्रारम्भ केन्द्रमा जम्मा भएर स्थानीयले सुरुङमार्ग निर्माणका क्रममा पड्काइएको विष्फोटक पदार्थका कारण क्षतिपुगेका घरलाई क्ष्तिपूर्ति नदिएको पानीका मुहानहरु सुकेको र पानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको लगाएत्का विषय उठाउँदै उनीहरु विरोधमा उत्रिएका हुन् ।

पीडित समिति नै गठन गरेर आन्दोलन थालेका उनीहरुले आफ्ना माग पुरा नभए सुरुङ निर्माणको काम नै रोक्ने चेतावनी दिएका छन् ।
स्थानीय रबी दानीले आफूहरुलाई माग सम्बोधन गर्ने आश्वासन दिने तर कार्यान्वय ननगर्ने गरेकोले आन्दोलनमा उत्रिनु परेको उनले बताए । उनले भने ‘क्षतिपूर्ति, एक घर एक धारा नदिएसम्म काम हुन दिदैनौं । ’ सुरुङमार्ग पीडित समिति अध्यक्ष तारा बहादुर खत्रिले सुरुङ निर्माण आफूहरुका लागि खुसीको कुरा भएको भन्दै निर्माणका क्रममा क्षति पुगेका स्थानीयले न्याय पाउनु पर्ने बताए ।

आफूहरुले मन्त्रीको समेत ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको भन्दै उनले अब कुनै पनि हालतमा माग पुरा हुनुपर्ने अडान राखे । सुरुङमार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । डिपिआर पास गर्दा नै स्थानीयका समस्यालाई वेवास्ता गरिएको स्थानीय प्रकाश रेग्मीको आरोप छ । उनले भने ‘बच्चालाई ललिपप देखाए जस्तो झुक्याइएको छ । स्थानीयलाई पीडा दिइएको छ । ’

यसअघि हिजो मात्रै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सो सुरुङ मार्गको निरीक्षण गरेका थिए। जोखिममा भएका घरहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने पनि उनको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -