Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:४९ दिउँसो
- ADVERTISEMENT -

शिक्षामन्त्री राईद्वारा डाक्टर देवकोटा, कोइराला, रुईत र महाविर पुनको प्रशंसा

प्रकाशित मिति: २०८० साउन ३, बुधबार

321
Shares

काठमाडौं ।
शिक्षामन्त्री अशोक कुमार राईले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटा, डाक्टर भगवान कोइराला, डाक्टर सन्दुक रुईत र महाविर पुनको खुलेर प्रशंसा गरेका छन् । संघीय संसद प्रतिनिधि सभाअन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले उनीहरुले विदेशमा प्राप्त ज्ञान र आन्दनको जीवन छोडर नेपालको माटोका लागि योगदान गरेको भन्दै खुलेर प्रशंसा गरे ।

‘ उहाँहरुले विदेशमा राम्रो हैसियत बनाउन सक्ने हुदाँ पनि देशमा बस्नु भएको छ । तर हामीले हाम्रो भाइबहीनीहरु छोराछोरीहरुमा यो भावना जगाउन सकेनौं ।’ उनले भने ‘मलाई लाग्छ शिक्षामन्त्रालयमा काम गर्ने हामीहरुले चिन्ता गर्नु पर्ने चिन्तन गर्नु पर्ने गम्भिर पक्ष यो हो । ’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था, समस्या एवम् चुनौतिका सम्बन्धमा आयोजित छलफलमा उनले समस्या पैसा जनशक्ति र भौतिक संरचनाको अभावबाट मात्रै नभएको भन्दै उनले सोचमै समस्या भएको बताए ।

उनले भने ‘समस्या हाम्रो सोचमा छ । हामीले ती सोचलाई व्यारिएरलाई किन तोड्न सकिराखेका छैनौं भन्ने मलाई अनुभव भइरहेको छ । अब ऐनकानूनहरु निर्माणाधिन छन् । प्रक्रियामा छन्। ’ उनले ऐन नियम निर्माण लगायतका आवश्यक काम भइरहेको बताएका उनले आफूले जीवनको उत्तरार्धमा सकेसम्म देशको लागि केही गरौं भन्ने लक्ष्यका साथ काम गरेको जिकिर गरे ।

छलफलमा सहभागि सासंदहरुले सरकारले योजनावद्ध काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । सांसद सुमना श्रेष्ठले विद्यार्थीहरु पास मात्रै भएका छन् की आवश्यक ज्ञान पनि सिकेका छन् भन्ने कुराको अनुगमन नै नभएको तर्क गरिन् । परिणाममै शिक्षाको गुणस्तरण मापन हुनु पर्ने उनको माग छ । सांसद तोसिमा कार्कीले बजेट उपयोगमा शिक्षा क्षेत्र चुकेको आरोप लगाइन् ।

शिक्षा क्षेत्रको सुधारका लागि बजेट नै नलाग्ने संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन टेव लहुनु आवश्यक रहेको उनको भनाई छ ।
४३ प्रतिशत नर्सविदेशीएको भन्दै उनले विद्यालयमा नर्स व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -