प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पत्नीवियोगमा परेको बेला पाएको साथले जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन् । मंगलबार बालुवाटारमा सीता दाहालको निधन भएको सातौँ दिन श्रद्धाञ्जलीसभा गरिएको थियो ।
सो श्रद्धाञ्जलीसभा प्रचण्डले शोकको यो घडीमा दिएको साथ, समवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्किन मद्दत मात्र गरेको नभई थप जिम्मेवारीबोध भएको र प्रेरणा मिलेको बताए ।
उनले आफूले र आफ्नो परिवारले समाजप्रति प्रेरित महसुस गरिरहेको बताए । उनले भने, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरू सबैको सद्भाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौँ ।
प्रचण्डपत्नी सीता दाहालको गत सोमबार ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।








































