काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज चट्याङ्ग सहित भारी वर्षा हुने जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ ।
मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशीप्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वादुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । आज राती देशभर मौसम आंशिक देखी सामान्य रहनेछ ।
रातीदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल काठमाडौं उपत्यका सहित बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैइरहेको छ । गत २४ घण्टामा कास्कीको पोखरा र लुम्मलेमा सबैभन्दा धेरै पानी परेको छ । दुवै स्थानमा समान५८ दशमलव ९ मिलिमिटर वर्षा मापनभएको छ । यस्तै,धनगढीमा ३६ दशमलव १,काठमाडौंमा १५ दशमवल १ र जिरीमापनि ११दशमलव२ मिलिमिटर वर्षा भएको छ ।








































