Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३३:२८ बिहान
- ADVERTISEMENT -

एमाले नेता विजयबहादुर यादव पक्राउ

प्रकाशित मिति: २०८० साउन १, सोमबार

286
Shares

काठमाडौं– नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो

लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थयो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो।


२०७४ सालको प्रदेश सभा निर्वाचनमा यादव बांके क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित यादवले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री एमाले नेता शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए।

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले यादवलाई कारबाही गरेको थियो। त्यसपछि उनी २०७९ सालको चुनावअघि एमालेमा प्रवेश गरे।


गत मंसिरमा सम्पन्न प्रदेश सभा चुनावमा भने उनी बाँके २ ‘क’मा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -