Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:१७ दिउँसो
- ADVERTISEMENT -

अस्पताल स्थापना गर्न कोरियाले १ अर्ब २५ करोड बढी सहयोग गर्ने

प्रकाशित मिति: २०८० असार २६, मंगलबार

195
Shares

काठमाडौं ।
भक्तपुरको ठिमीमा १ सय ५० शैयाको अस्पताल स्थापना गर्न दक्षिण कोरियाले एक अर्ब २५ करोडबढी सहयोग गर्ने भएको छ । मंगलबार अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाली राजदूत पार्क ते योङले सहयोग सम्बन्धि सम्झौतामा पत्रमा हस्ताक्षर गरे ।

चिकित्सा सेवाको पहुँच विस्तार र क्षमता अभिवृद्धि गर्ने हेतुले नेपालमा चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि सहयोग सम्बन्धि सहमती पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको हो । नेपालको स्वास्थ्य, विश्व व्यापी मापदण्ड अनुरुप विकास गर्न दक्षिण कोरीयाले अस्पताल निर्माणसंगै स्वास्थ्य क्षेत्रको विकासका लागि ९।५ अमेरिकी डलर दिने गरेको हो । जसको नेपाली रुपान्तरण १ अर्ब, २५ करोड, २६ लाख, ७ हजार बढी रकम हुन आउँछ । कोरियाले उपलब्ध गराएको सहयोग भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउनेदेखि अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकासमा खर्च हुने बताइएको छ ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न एवम् सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोरिया इन्टरनेशनल करपोरेशन एजेन्सी कोइका मार्फत रकम उपलब्ध गराइने यो परियोजना पाँच वर्ष ९२०२७० सम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -