काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन्।
पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए।
उनले भने,‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो। गठबन्धनको यही देखिन्छ।’
ओलीले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै असन्तुष्टि पनि जनाए।








































