काठमाडौं ।
पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री मेटमणि चौधरीले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित खाद्यका लागि कृषि अभियान कार्यक्रममा नेकपा एसका सांसद चौधरीले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने भएकाले त्यसलाई नेपाल सरकारले दिशानिर्देशनको रुपमा लिनु पर्ने टिप्पणी गरे ।
उनले भने,‘आत्मानिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रको योगदान धेरै महत्वपूर्ण छ । त्यसलाई नेपाल सरकारले दिशानिर्देशनको रुपमा लिनुपर्छ ।’
उनले नेपालले वैदेशिक व्यापार जति गर्नुपर्ने त्यति गर्न नसकेको बताए । उनले सरकारले कृषि क्षेत्रलाई ठूलो प्राथकिमकतामा राख्न नसक्नु चुनौती रहेको भन्दै कृृषिजन्य क्षेत्रमा निर्यातलाई प्रवद्र्धन गर्न ध्यानपुग्न जरुरी रहेको बताए ।








































