काठमाडौं ।
सुमना श्रेष्ठले अर्थमन्त्रीलाई ह्वीप कस्ले लगाउने भन्दै आक्रोश पोखेकी छिन् । आईतबार आर्थिक विधेयक २०८० माथिको संशोधन प्रस्ताव प्रस्तुतगर्दै सांसद श्रेष्ठले अर्थमन्त्री कस्को ह्वीपमा चल्नु भएको भन्दै प्रश्न उठाइन् ।
‘म अर्थमन्त्री ज्यूलाई सोध्न चाहान्छु ह्वीप कसले प्रयोग गर्छ ? ह्वीप किन निकोटिन कै लेवलमा । निकोटिनको स्वास्थ्यलाई हानीकारक हुने क्षेत्रमा कर लागेको छैन ? भन्सार किन लागेको छैन ? जसले गर्दा पछि गएर आफ्नै स्वाथ्य मन्त्रालयमा बढि बजेट छुट्याउनु पर्छ । ’
त्यस्तै जुन कामका लागि कर उठाइएको हो त्यही क्षेत्रमा काम हुन नसकेको उनको टिप्पणी छ ।
‘पेट्रोलीयम पदार्थबाट जति पनि कर उठाएका छौं त्यो साँचै नै सडक मर्मत सम्भारमा लगाएका छौ त? कर लिन्छौं तर त्यो कर कहाँ जान्छ त्यसको प्रतिशत चाहियो ?’अर्थ विधेयक हेर्दा यो गरीबका लागि बनेकै होइन् भनेकी उनले भनिन् भन्सार कसरी निर्धारण गरिएको भन्दै प्रश्न उठाइन् ।
नेपालमा नै म केही गर्छु भन्नेलाई अर्थ विधयकले निरुत्साहीत गरेको उनको दाबी छ । त्यस्तै विश्वमै नभएको व्यवस्था नेपालमा खाद्यान्नमा कर लगाइएको भन्दै उनले आक्रोश पोखिन ।








































