गोरखा घर भएका दुई जना पत्रकार प्रेस युनियन काठमाण्डौ जिल्ला समितिको सचिव र सहसचिवमा बिजयी भएका छन् ।
जिल्लाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा पनि गोरखाकै पूजा बगाले निर्वाचित हुनुभएको हो ।
नेपाल प्रेस युनियन काठमाडौंको सोमबार भएको नवौ जिल्ला अधिवेशनबाट ४५२ मत मध्ये अधिकारीले २८५ मत ल्याई सचिव पदमा निर्वाचत भएका हुन् । उनी हाल हिमाल प्रेस अनलाइनमा कार्यरत छन्। पत्रकार अधिकारी गोरखाले लामो समय पत्रकारिता गर्नुभएको थियो ।








































