काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारदुरुपयोग अनुसन्धान आयोगले पदमा बहाल रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएकोलेसोही बमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो
उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








































