धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ । आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको१३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोधगरेको थियो । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए । त्यसपछि भएको झडपका क्रममा केहीजनप्रतिनिधि पनि सामान्य घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङ पनि सामान्य घाइते भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछिगाउँसभा पुनस् सुरु भएको छ ।








































