काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्सटेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वापा नेता एवं प्रतिनिधि सभा सदस्य मनिशझाले पार्टीको कुनै पनि भातृ संगठन नहरने खुलासा गरेका हुन् ।
पाठ्यक्रम अनुसार पढाई, परीक्षा, नतिजा र पाठ्यपुस्तक नपाएको खण्डमा तिनै विद्यार्थीको पक्षमा रास्वपाले आवाज बुलन्द पार्ने तरविद्यार्थी संगठन नबनाउने उनले बताए ।
‘हाम्रो भातृ संगठन हुनेछैन । हाम्रो लागि विद्यार्थी त्यो विद्यार्थी मात्र हो जसले टाइममा करिकुलम अनुसार उसको परीक्षा भइरहेको छैन वापरिणाम आएको छैन वा किताब पाइरहेको छैन । हाम्रा लागि ती विद्यार्थी हुन् । कुन रंगको झण्डा बोक्ने कृषक हाम्रो हो भन्ने हामीलाईसरोकार नै छैन ।’ उनले भने, ‘हामीलाई सरोकार कृषकले मल पाइरहेको छैन वा पाइरहेको पनि कौशी खेति गर्नमात्रै पाइरहेको छ ।खेतका लागि पर्याप्त छैन, त्यो सरोकार हो ।’








































