पोखरा, ६ असार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । चिनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमानले आज पोखरा अवतरण गरेको हो ।
बुधवार बिहान सिचुवान एयरलाइन्सको विमान पोखरा ओर्लेको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार चार्टर्ड उडानमा १३० यात्रु सवार छन् । छेन्दुबाट उडान भरेको पौने ३ घण्टामा पोखरा आइपुगेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक भएको अन्तर्राष्ट्रिय उडानको स्वागतको लागि पर्यटन मन्त्री सुदन किराती मंगलवारदेखिनै पोखरामा छन्।








































