काठमाडौं । नेशन अफ हवाईका प्रमुख डेन्निश कनाहाले लगायत उच्चपदस्थ अधिकारी चीन प्रस्थान गरेका छन । ८ दिनको नेपाल भ्रमण सकेर कनाहाले लगायत अधिकारीको टोलि चीन गएका हुन ।

उनिहरु जेठ २२ गते सोमबारका दिन नेपाल प्रस्थान गरेका थिए । उक्त टोलि भारतको मुम्बईबाट नेपाल आइपुगेको थियो । उनीसँग उक्त नेशन अफ हवाईका विदेशमन्त्री जोन केलाह ग्रसिया र प्रतिनिधि ओङ कोक वाई नेपाल आएका थिए ।

नेपाल आएर उनीहरुले विभिन्न प्रतिनिधिमूलक भेटघाट समेत गरेका छन् । उनले नेपालका रास्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल बहादुर थापा , मन्त्री शरत सिहं भण्डारी लगायत पर्यटन क्षेत्रका उच्च पदाधिकारीहरुलाई समेत भेट गरेको बताईएको छ ।

‘विश्व जगतमा नै कमजोर बन्दै गएको भाइचाराको सम्बन्धलाई मजबुत बनाउँदै दुई देशबीच व्यापारवृद्धि र आर्थिक अवस्था प्रवर्धनमा काम गरिरहेको र नेपाल बसाई अर्थपूर्ण समेत रहेको राज्यप्रमुख कनाहालेले बताए ।

नेशन अफ हवाइका लागि नेपालका प्रतिनिधि तेजेन्द्र पौडेलका अनुसार उक्त राज्यका प्रमुख लगायत उच्चपदस्थ अधिकारीबीचको नेपाल भ्रमणले नेपालको आर्थिक र पर्यटन विकासमा ठूलो टेवा पुगेको छ । नेपाल भ्रमण पूरा गरी उनीहरू जेठ २९ गते चीन प्रस्थान गरेका हुन ।








































