काठमाडौं-बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०८० जेष्ठ २१ गते आइतबारदेखि शुरु गरेकोशैक्षिक सत्र २०८० को लागि पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरण कार्यक्रम २९ गते आइतबार सम्पन्न गरेको छ lविभिन्न कक्षाहरूलाई फरक फरक समयमा गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य रुपमा सहभागिता रहेको विद्यालयले जनाएको छ l प्रिन्सिपल शायरा हमालले शिक्षण सिकाई क्रियाकलापमा अभिभावकहरूको चासो र सहभागिताले प्रत्यक्ष प्रभाव पर्ने कुरालाई मध्यनजर गर्दै विद्यालयले कार्यक्रमको आयोजना गरेको बताउनु भयो l
कार्यक्रमको पहिलो दिन कक्षा १० का अभिभावकहरूबीच पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरण गरिएको थियो भने अन्तिम दिनमा नर्सरीका अभिभावकहरूबीच कार्यक्रम गरिएको थियो l कक्षा शिक्षकहरूले सुरुवात गर्नु भएको कार्यक्रममा विषय शिक्षकहरुले चालु शैक्षिक सत्र २०८० अन्तर्गतआफुले अध्यापन गर्ने विषयहरूको बारेमा वार्षिक शैक्षिक पात्रो,पाठ्यक्रमको विषयवस्तु, विभिन्न उप-सत्रहरूमा पाठ्यक्रमको वितरण, पाठ्यक्रमको उद्देश्य, शिक्षण विधि तथा मुल्यांकन विधिका बारेमा बृहद रुपमा प्रस्तुतिकरण गर्नु भएको थियो .पाठ्यक्रमको सम्बन्धमा प्रबोधिकरण पश्चात अभिभावकहरूले आफ्नो राय एवम् सुझाबहरू राख्नु भएको थियो l
कार्यक्रममा विद्यालयका संस्थापक जेबी हमालले विषयशिक्षकहरुले के के कुराको आधारमा शिक्षण सिकाई क्रियाकलाप अघि बढाउनु हुन्छ भन्ने बारे अभिभावकहरुलाईजानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो l उहाँले पाठ्यक्रमको आधारमा नै शिक्षण सिकाई हुने हुनाले सम्बन्धित सबै पक्ष यसको बारेमा जानकार हुनुपर्ने बताउँदै अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्धबाट नै आशातितशैक्षिक उपलब्धि हासिल हुने कुरामा जोड दिनुभयो l








































