काठमाडौं जेठ २६,कांग्रेस सांसद राजेन्द्र बजगाईँले सहरी क्षेत्रमा सांसद विकास कोष आवश्यक नभए कार्यविधि बदलेर आवश्यक विकासमा लगाउनुपर्नेबताएका छन् । प्रतिनिधिसभामा काठमाडौं महामनगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिलाई उठान गर्दै उनले सांसद विकासकोष कार्यकर्तालाई रकम बाँढ्ने माध्ययम बन्दा बदनाम बनेकाले कार्यविधि बदल्न सकिने बताएका हुन्।
‘सांसद विकास कोष कार्यकर्तालाई रकम बाँढ्ने माध्यम बन्दा बदनाम बन्यो। अहिले क्षेत्र विकास कोषमा रूपान्तरित छ। यसमासांसद्को तजबिजी चल्ने छैन। विकसित शहरलाई यो आवश्यक छैन भने कार्यविधि बदलेर होनहार मेयर बालेन साहलाई फोहोररिसाईकल प्लान्ट खोल्न दिन सकिने छ,’ उनको भनाई थियो।
सांसद बजगाइले देशले राजनीतिज्ञभन्दा असल नेता खोजेको बताए। साथै उनले बुढीगण्डकी परियोजनाबाट देशको मुहार फेरिने दाबीगरे। प्रधानमन्त्रीले यसै आर्थिक वर्षबाट शिलान्यास गर्ने प्रतिबद्धता जाहेर गरेको भन्दै उनले प्रधानमन्त्रीको प्रशंशासमेत गरे।








































