१८ जेठ, काठमाडौं । नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न दिन भारत सहमत भएको छ । भारत भ्रमणका क्रममा हैदराबादहाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले५० मेगावाटसम्म बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्न दिन भारत सहमत भएको बताए । उनले नेपालको बिजुली बंगलादेशमा निर्यातगर्नेबारे बाँकी विषयहरु टुंगो लगाएर संयुक्त रुपमा छिट्टै त्रिदेशीय सम्झौता हुने बताए ।
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका एक अधिकारीका अनुसार भारतको प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा नेपालको बिजुली जानदिन भारतले आफू सकारात्मक रहेको जवाफ दिएको छ । यसअनुसार छिट्टै त्रिपक्षीय सम्झौता हुनसक्ने उनले बताए ।
नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भइसकेको छ । गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नबंगलादेश सहमत भएको थियो ।
विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्टबोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ ।
एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।
२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत रबंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ । अब बंगलादेश पनि निर्यात गर्ने तयारी छ । त्यसका लागिभारतीय बाटो प्रयोग गर्नुपर्ने छ । त्यसैले यसमा भारतीय पक्षको पनि स्वीकृति अनिवार्य छ ।
भारतबाट सहमतिको वातावरण तयार गर्न नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन चाहेको छ । २८ असोज२०७६ मा दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकले ‘नेपाल, भारत र बंगलादेशबीचत्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो । तर भारतले अहिलेसम्म यस्तो बैठक आह्वान गरेको छैन ।
गत जेठमा आयोजित नेपाल–बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीयबैठक बोलाउने निर्णयसमेत भएको थियो ।
२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जीको–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । एमओयूपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश गएका थिए ।त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ ।
तर, अहिलेसम्म भारतीय पक्षबाट सहमति नआएकाले बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको छैन । बंगलादेशमा लिखु–४जलविद्युत आयोजनाको बिजुली बेच्ने नेपालको प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगकोअनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।








































