काठमाण्डौ, जेठ १६ गते l
बूढानीलकण्ठ – ८, गणेशचोकस्थित नेसनल युनाइटेडस्कुलका विद्यार्थीहरूले विद्यालयमा आयोजित चुनावमाभाग लिई स्कुल क्याप्टेन तथा भाइस क्याप्टेन र हाउसक्याप्टेन तथा हाउस भाइस क्याप्टेनहरू छनोट गरेका छन् lविद्यार्थीहरूलाई प्रजातान्त्रिक विधिका बारेमा जानकारीगराउन साथै माध्यमिक तहको सामाजिक अध्ययनविषयको प्रयोगात्मक अभ्यास स्वरुप विद्यालयले चुनावकोआयोजना गरेको थियो l
चुनाव अघि नै उम्मेदवारको नाम दर्ताको लागि निश्चितदर्ता शुल्कको मापदण्ड समेत निर्धारण गरी उम्मेदवारीमाग गरिनुका साथै अन्तिम मतदाता नामावली प्रकाशनगरिएको थियो भने उम्मेदवारहरुले कार्यपत्रसमेत निर्वाचनसमितिमा बुझाएका थिए l विभिन्न १० पदका लागि ३७जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए l ५ कक्षाकाछात्र मनिष सिलवालले लामबद्घ भएर भोट खसाल्दा निकैरमाइलो र नयाँ अनुभव गरेको कुरा बताए l
मतदान प्रक्रिया चुस्त र छिटोछरितो बनाउनको लागिमतदान अधिकृत तोकिनुका साथै शिक्षक कर्मचारी तथास्वयम्सेवकलाई परिचालन गरिएको थियो l त्यसैगरीमतदाताहरूलाई पङ्क्तिबद्ध बनाएर मत खसाल्नेवातावरण तय गरिएको थियो l उक्त चुनावमा आफूलाईउचित लागेका उम्मेदवारलाई गोप्य ठाउँमा गई स्वस्तिकचिह्नले छाप लगाएर विद्यार्थीहरूले मतपेटिकामा क्रमशःमतपत्र खसालेका थिए l मतदाता नामावलीमा नाम हेर्दैनिर्वाचनमा खटिएका शिक्षकहरूले भोट खसाल्नुअघिमतदाताको दायाँ बूढी औंलाको नङमा संकेतार्थ मसीदलेका थिए l उक्त चुनावमा कक्षा २ देखि १० कक्षासम्मका विद्यार्थीहरू, विद्यालयका शिक्षक तथाकर्मचारीहरु मतदाता रहेका थिए l खसेको मत मध्येसम्पूर्ण मत सदर भएको थियो l निर्वाचनमा घोषित मतपरिणाम अनुसार कक्षा १० का छात्र प्रितम राई निकटतमप्रतिस्पर्धीलाई २१२ मतले पछि पार्दै स्कुल क्याप्टेनमाविजयी हुँदा कक्षा १० कै छात्रा आयुष्का यादव स्कुलभाइस क्याप्टेनमा विजयी भइन l यसैगरी ब्लु हाउसकोक्याप्टेनमा सुप्रिया राई र भाइस क्याप्टेनमा समिप सुवेदी,ग्रिन हाउसको क्याप्टेनमा मनिष राउत र भाइसक्याप्टेनमा सञ्चिता तामाङ्ग, रेड हाउसको क्याप्टेनमाकुन्साङ्ग राई र भाइस क्याप्टेनमा सन्तोष महर्जन तथायल्लो हाउसको क्याप्टेनमा रिजोन घिमिरे र भाइसक्याप्टेनमा सिम्रिता सुवेदी निर्वाचीत भए l
निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचन समिति र विभिन्नपदका उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतगणनाकार्य गरिएको थियो l निर्वाचीत उम्मेदवारहरुलाई सुसोभनसमारोहमा सपथ ग्रहण गराइ प्रमाण पत्र वितरण गरिनेविद्यालयले जानकारी गराएको छ l








































