काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित केसी शेखर कोईराला निकट मानिन्छन् ।
उनलाई कॉंग्रेस प्रभाबसाली नेता प्रदिप पौडेल को पनि समर्थन रहेको थियो । गगन थापाको टिमले हार्ने देखिएपछी थापाले आंफुनिकट उमेदवारलाई फिर्ता गराई केसिलाई समर्थन गरेका थिए ।








































