Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:१० दिउँसो
- ADVERTISEMENT -

मलाई सलामी दिनुपर्दैन , गण्डकीका मुख्यमन्त्री पाण्डे ।

प्रकाशित मिति: २०८० जेठ १२, शुक्रबार

362
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्।

लमजुङमा कार्यालय प्रमुखसँगको भेटघाटका क्रममा उनले भने ‘यो सलामी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहिँकतै नदिनुहोला, यहाँबाट सबैलाई भन्न चाहन्छु।’

साथै मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु नाकामा स्वागत गर्न जाने, लिनजाने परम्परा पनि हटाउन सुझाव दिए। ‘जनताको काम छाडेर मलाई नाकामा लिन नआउनु,’ उनले भने ‘तपाईहरुको स्वागत सत्कारलाईअन्यथा भन्न खोजेको होइन, तर त्यहाँसम्म जाँदा खर्च हुने समय, राज्यको साधन स्रोतको ख्याल गरौँ।’ जिल्लामा आउने कार्यक्रममैभेटघाट हुने भन्दै उनले सबै जिल्लालाई यो सन्देश दिएका हुन्।

जिल्ला गएका बेला मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमा प्रहरीले सलामी दिने गर्छ। प्रमुख जिल्ला अधिकारी सहित सुरक्षानिकायका प्रमुखहरु जिल्ला भित्रने नाकामा स्वागतका लागि पुग्ने गर्छन्। मुख्यमन्त्री पाण्डेले सलामी, स्वागत, सत्कार भन्दा जनताकोसमस्यामा ध्यान केन्द्रित गर्न सबै कर्मचारीलाई निर्देशन दिए।

नागरिकलाई सहज सेवा दिन मालपोत, नापी, प्रशासन लगायतका कार्यालयले टाईकार्ड लागु गर्दा सहज हुने उनले बताए। ‘जनतालाईसुशासन महसुस हुने गरी तपाईहरुले काम गर्नुहोला,’ मुख्यमन्त्री पाण्डेले भने ‘हाम्रा कमीकमजोरीले अहिलेको व्यवस्थामाथि खतराउत्पन्न हुन दिन हुँदैन।’ ठेक्का लागेर पुरा हुन नसकेका योजना सम्पन्न गर्न गम्भीर भएर लाग्न उनले जिल्लाका सरोकारवालालाई निर्देशनदिए।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा मुख्यमन्त्री समक्ष जानकारीगराएका थिए। समस्या सुनेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको साधन स्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -