Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:३५ दिउँसो
- ADVERTISEMENT -

नख्खु–भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला

प्रकाशित मिति: २०८० जेठ ८, सोमबार

121
Shares

काठमाण्डाै – भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैँसेपाटी सडक खण्डको काम यही जेठभित्रमा सकिने बताउनुभएको छ ।

सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्ताे बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनुभयो । उहाँले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती बेहाेर्नु नपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडक खण्डको कालोपत्र हुने पनि बताउनुभयो । उहाँले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न समस्या आइरहेकाे भन्दै आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सडक पछिल्लो समयमा अलि धेरै चर्चा र बहसको विषय थियो । म आउनेबित्तिकै हाम्रो टिम बसेर यो सडककाे काम छिटाे सक्न मातहतका निकायलाई निर्देशन दिएका थियाैँ । सक्रियताकासाथ काम अघि बढेको छ । जेठ महिनाभित्र काम पूरा हुने अवस्था छ । अब यहाँका नागरिकले लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती बेहाेर्नु पर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’

मन्त्री ज्वालाले आउँदा दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तर–मन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आउँदाे वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि ‘रोड एम्बुलेन्स’ को परिकल्पना गरेको पनि बताउनुभयो । अन्तिम अपडेट: जेठ ८, २०८०

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -