Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३३:०७ बिहान
- ADVERTISEMENT -

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

प्रकाशित मिति: २०८० जेठ ७, आइतबार

207
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको छ । लामिछानेको मुद्दाको पेसी आज काठमाडौं जिल्ला अदालतमा तोकिएको हो ।

सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुङ्ग्याउन आदेश दिए पनि सन्दीपको पेसी दुईपटक स्थगित भइसकेको छ । पहिलो पेसी उनका पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रो पेसी भने समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

गत वर्षको भदौमा एक नाबालिकलाई जबरजस्तीकरणी गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलिरहेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीप थुनामुक्त भए पनि उनी कानुनी संघर्ष गरिरहेका छन् । फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेसीमा आफैं अदालतमा उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नुपर्छ ।

आज तय भएको पेसी अगाडि नबढे सन्दीपले एकदिवसीय विश्वकप छनोटको तयारीस्वरूप खेलिने अभ्यास खेल गुमाउने सम्भावना छ । नेपाली टोली केही दिनमा अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ ।

क्यानका अनुसार दक्षिण अफ्रिकामा अभ्यास गरेपछि टोली उतैबाट विश्वकप छनोट खेल्न जिम्बाब्वे जानेछ । छनोट प्रतियोगिता आगामी १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -