परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) भोलि बंगलादेश भ्रमणमा जाने भएका छन् । बंगलादेशमा हुने छैटौँ इन्डियन ओसियन कन्फ्रेन्समा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बंगलादेश जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेशमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । उनी आइतबार स्वदेश फर्किनेछन् ।








































