Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:३२ बिहान
- ADVERTISEMENT -

बालकृष्ण खाण पक्राउ: कांग्रेसमा हर्ष पनि, विस्मात पनि!

प्रकाशित मिति: २०८० वैशाख २८, बिहीबार

375
Shares
तस्विर:नेपालभ्युजबाट साभार

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा एक प्रकारको असामञ्जस्यताको स्थिति पैदा भएको छ। पार्टीका नेताहरुले खाण पक्राउको खुलेर समर्थन गर्न सकेका छैनन्, न त विरोध गर्न सक्ने अवस्थामा छन्। खास गरेर पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका नेताहरु ‘नैतिक संकट’मा परेका छन्।

पार्टी सभापति देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री पछिको दोस्रो वरियतामा रहेका खाणले तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसँग गरेको ‘रकम लेनदेनको संवाद’ फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। तत्कालीन गृहसचिव पाण्डेलाई प्रहरीले केही दिन अगाडि पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार सचिव पाण्डेले बयानका क्रममा पनि खाणको नाम लिएर, उनको निर्देशनानुसार काम गरेको बताएका छन्। यस्तै, उक्त प्रकरणमा यसअघि पक्राउ परेका विचौलियाहरुले पनि खाणको नाम ‘पोलेका’ प्रहरी स्रोतको भनाइ छ।

बुधबार चाबहिलस्थित निवासबाट खाण पक्राउ परेपछि उनीनिकट केही नेताहरु पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निवास पुगेका थिए। पछि देउवाले उपप्रधान तथा रक्षामन्त्री एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव लगायतसँग छलफल गरे। तर उक्त छलफलमा भएको कुराकानी भने सार्वजनिक जानकारीमा आएन।

देउवाले आफू र खाणनिकट नेताहरुसँग गोप्य छलफल गरेपनि बाहिरी माहोल भने खाणको विपक्षमा देखियो। खाणको पक्षमा उभिँदा आफू निकटबाटै सहयोग नपाइने भयमा देउवा छन्। यस्तै, इतर पक्षका नेताहरुल‍े त खाण पक्राउको विषयलाई लिएर खुलेरै सरकारको प्रशंसा गरेका छन्।

खाण पक्राउ पर्दा देउवानिकट नै खुसी?


पार्टीको १४औं महाधिवेशनमा बालकृष्ण खाण महामन्त्रीका प्रत्यासी थिए। तर, प्रकाशशरण महतको अडानका अगाडि देउवाले आफ्नो पक्षबाट खाणलाई महामन्त्रीमा उठाउन सकेनन्। नेता कृष्णप्रसाद सिटौलाको सहयोग ‘अनिवार्य’ बनेपछि देउवाले महामन्त्रीको अर्का उम्मेदवारका रुपमा सिटौला पक्षबाट प्रदीप पौडेललाई अगाडि सारे।

त्यतिबेला पार्टीबाट ‘अन्याय’ भोगेको भनेर संस्थापन पक्षका नेता, कार्यकर्ताबाट सहानुभूति पाएका खाण गृहमन्त्रीको कार्यकालबाट भने कार्यकर्ता पंतिबाट टाढिएको उनी पक्राउ परेपछिको दृश्यले प्रस्ट पार्छ। सभापति देउवानिकट मानिने नेवि संघका अध्यक्ष डुजाङ सेर्पाले विज्ञप्ति नै निकालेर खाण पक्राउको ‘समर्थन’ गरेका छन्। संगठनको लेटरहेडमा विज्ञप्ति जारी गर्दै शेर्पाले भनेका छन्– ‘दोषी नछुटुन, निर्दाेष नफसुन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। यसप्रति हाम्रो बलियो विश्वास छ। अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार छ।’

नेपाललाईभबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -