Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:५४ दिउँसो
- ADVERTISEMENT -

विपिन, सुहाना र धीरजको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

प्रकाशित मिति: २०८० वैशाख २८, बिहीबार

205
Shares

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले उक्त मितिमा प्रदर्शन तय भएको जानकारी दिए । यसअघि भदौ १५ गतेलाई रिलिज मिति तय गरेको ‘भगवत् गीता’ भदौ २१ मा शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ आउने भएपछि भदौ अन्त्यमा पुगेको हो ।

‘ उक्त मितिमा दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ पनि आउँदैछ । स्टारकास्ट र मेकरको आधारमा यी दुवै फिल्म बक्स अफिसमा प्रतीक्षित मानिन्छन् ।‘भगवत् गीता’लाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा निर्माता थापाकै त्रिनेत्रम डिष्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछन् । आगामी जेठ पहिलो साता यो फिल्मको टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्माता थापाले जानकारी दिए ।

‘भगवत् गीता’मा धीरज र सुहानासहित विपिन कार्कीको पनि शीर्ष भूमिका छ । विपिन स्टारर ‘प्रसाद २’ र धीरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’को हालैको कमजोर व्यापारले आफूहरु दबाबमा नपरेको निर्माता थापाले बताए । ‘कलाकारले फिल्म चल्ने होइन । कन्टेन्ट र मेकिङले फिल्म चल्ने हो । फिल्म चलेपछि मात्रै कलाकार चल्ने हुन्, यसकारण दवाव छैन,’ निर्माता थापाले भने ।

फिल्मको कन्टेन्ट बलियो भएको भन्दै थापाले यसमा धीरजलाई दर्शकले मौलिक चरित्रमा देख्न सक्ने बताए । दर्शकले विपिनलाई अहिलेसम्म नदेखेकै पात्रमा देख्न सक्ने उनको भनाइ छ । निर्माता संघका महासचिव समेत रहेका थापाको वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनको आगामी फिल्म ‘गणपति’ जेठ २६ मा रिलिज हुने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -