काठमाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहको बचाउन एमाले अध्यक्ष केपी शर्मा ओली उत्रेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै ओलीले भ्रष्टाचारको विरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको भन्दै सिंहको बचाउमा उत्रे।
उनले संसदमा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकको विषय रहेको बताए। ओलीले भ्रष्टाचारकोविरुद्धमा बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको आरोप लगाए।

‘ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारकोविरुद्धमा बोल्नुभयो, सरकारको बिरुद्धमा बोल्दा धम्की मात्रै गएन अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरूको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो, उनले भने।
अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भएपनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको उल्लेख गरे।
उनले सरकारी सम्पति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर किमसन खानेकुरा सह्य नहुने चेतावनी दिए।








































