काठमाडौं ।
ज्युँदा सहिद मुकेश कायस्थको निधन भएको छ । बनेपा स्थित शीर मेमोरियस अस्पतालमा उनको निधन भएको मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । बुधवार बेलुकी ७ः३० बजे उनको निधन भएको हो ।
जनआन्दोलनका क्रममा वि.सं. २०६२ सालको चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण अचेत भएका कायस्थलाई विभिन्न अस्पतालमा उपचार गरी अन्तमा घरैमा स्याहारसुसार गरी राख्न थालिएको थियो ।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।








































