काठमाडौं । सातौ स्कुल प्रिन्सेस वोर्ल्ड २०२३ को शिर्ष उपाधी साउथ वेस्टर्न स्कुल बसुन्धरामा अध्ययनरत स्मारिका लम्सालले जितेकी छन् ।
शिर्ष उपाधी विजेता प्रिन्सेसलाई ताज को साथै निर्णायक मण्डलका निर्णायकहरुद्वारा संयुक्त टोफी र ताज पहिराइएको थियो। प्रतियोगितामा प्रिन्सेस युनिभर्समा तर्फ, श्रेया पोखरेल, प्रिन्सेस अर्थ तर्फ काविया ओली प्रिन्सेस ईन्टरनेशनलमा महर्शा गैरेको साथै प्रिन्सेस एम्ब्रेसडोरको ताज प्रसंशा खतिवडाले हात परेकी छन्। शिर्ष उपाधी विजेता प्रिन्सेसलाई छात्रबृत्ति सहित विभिन्न गिफ्ट ह्याम्पर्स प्रदान गरिनुको साथै अन्त राष्ट्रिय मंचमा जाने अवसर पर्दान गरियको छ । त्यस्तै अन्य ताईटल विजेता प्रिन्सेसहरुलाई विभन्नि गिफ्ट ह्याम्पर्स सहित सबैलाई ताज पहिराइएको थियो।
आर.के. इन्टरटेनमेन्ट ग्रुपद्वारा २०१४ देखि आयोजना शुरुवात गरिएको बिश्वकै प्रथम स्कुल प्रिन्सेस प्रतियोगितामा आफ्ना १४ प्रतिष्पर्धीलाई पछि पार्दै स्मारिका लम्सालले २०२३ को उपाधी जितेका हुन् ।
भाविसेका कर्णधार वालीका हरुलाई हौसला बडाउनको लागि हरेक साल कार्यक्रम गर्दै आएको आयोजक संस्थाका म्यानेजिङ लक्की राम के.सीले बताउनु भयो । उक्त कार्यक्रमको सम्पूर्ण ड्रेस भने सेन्ट्रल फेसन हुव कोटेश्वर र कुपन्डोलले बनायको थियो।

कार्यक्रममा कुसल समाजसेवीश्री किशन राज श्रेष्ठको प्रमुख अथितिमा सम्पन्न उक्त प्रतियोगिताको लागी मोडल दीपक घिमिरे, सरोज प्याकुरेल , प्रिन्सेस अप्रिल लामा , हन्रिक निक्रम बिक्रम शिजपति ,मिस नेपाल रनर अप निर्मल बस्नेत जुरीमा रहनु भयको थियो। निशा आचार्यको कोरियोग्राफी निलम शर्मा कोडिनेटर, प्रतियोगिताको संचालन लक्की राम के.सीगर्नु भएको थियो।







































