साताको पहिलो कारोबारको दिन आज आइतबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलामा १ हजार ४४५ रुपैयाँ कायम छ ।








































