२० वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनकोउजुरी दिएका छन् ।
मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरीदिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार कँडेलले सुसाइड नोटमा नाम उल्लेखगरेका ६ जना विरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको छ ।
अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावललगायतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कडेंल मृत फेला परेका थिए ।त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो
केहीमहिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.लि.मा संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीपरुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाव दिएको उनको सुसाइटनोटमा उल्लेख भएको प्रहरीको भनाइ छ । उजुरीपछि उनीहरूको खोजी थालेको प्रहरीले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस चितवन सभापति खनालले आज विज्ञप्ति जारी गर्दै यो घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनलेजारी गरेको विज्ञप्तिमा कँडेलको हस्ताक्षर भएको नोटमा उल्लेखित पात्र, प्रवृत्ति र वर्तमान आर्थिक अवस्थाको गम्भीर संकेत गरेको भन्दैसम्वेदनशील भई राज्यको तर्फबाट घटनाको छानबिन गर्न माग गरिएको छ ।








































