Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:०५ दिउँसो
- ADVERTISEMENT -

महर्षी स्कुलको वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: २०८० वैशाख १७, आइतबार

254
Shares

काठमाडौँ । महर्षि स्कुल सामाखुशीमा भव्यताका साथ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम मनाइएको छ । महर्षि स्कुलले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

उहाँले शिक्षक, विद्यार्थी र अभिभावकबीच राम्रो सम्बन्ध भएन भने नेपालको शिक्षा क्षेत्र राम्रो हुन नसक्ने बताउनुभएको हो । अध्यक्ष शर्माले २१ औँ शताब्दीमा सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लाग्नुपर्ने बताउनुभयो ।

नेपालले परिक्षा प्रणाली र शैक्षिक क्षेत्रलाई सुधार गर्न लागिपरेको उहाँको भनाई थियो । “विद्यालयले विद्यार्थीलाई दिने शिक्षाले विद्यार्थीको व्यवहार बदल्न सक्नुपर्छ,”– उहाँले भन्नुभयो ।

उहाँले घोकन्ते शिक्षामात्र नभएर प्राविधिक र सीपमुलक शिक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले महर्षि स्कुलले नैतिक शिक्षा र सीपमुलक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताउनुभयो । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न महर्षि स्कुल लागेको उहाँको भनाई थियो ।

महर्षि विद्यालयका प्राचार्य निर्मल पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य भएमात्र विद्यार्थीको शिक्षामा सुधार हुने बताउनुभयो । कार्यक्रममा नवौँ महर्षि म्याराथन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा नेपालका चर्चित लोकगायक राजु परियार, शिला आले, बाल गायक सुप्रिम मल्ल ठकुरी, आयुषा गौतम र हाँस्यव्यङ्ग्य कलाकार शिवशङ्कर रिजालले प्रस्तुती दिनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -