Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:५१ दिउँसो
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

220
Shares

केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका छन् ।

बिहीवार गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाउने भएको छ । यसअघि एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय बिहीवार अपराह्न ४ बजे सकिँदैछ ।

यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि एमालेका अधिकारी अल्पमतमा परेपछि अन्ततः विश्वासको मत पाउन असफल भएका थिए । फेरि गण्डकीमा माओवादी नै सरकार गठनका लागि निर्णायक बनेको छ ।

मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको छ तर केन्द्रले निर्णय गरेअनुसार कांग्रेसले पहिले मुख्यमन्त्री लिने समझदारी भएको कांग्रेस स्रोत बताउँछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।

आलोपालोमा त्यसपछि माओवादीले मुख्यमन्त्री लिने गरी केन्द्रमा सहमति बनिसकेको छ ।

पुस २५ गते मुख्यमन्त्री भएका एमालेका अधिकारी वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पदबाट हटेका थिए ।

केन्द्रीय समीकरण बदलिएपछि चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, माओवादीका ७, नेपाल समाजवादी पार्टीका १, स्वतन्त्रका १ सांसदको समर्थन नयाँ गठबन्धनलाई हुने देखिएको छ । एमालेका २२ सांसद छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -