Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:१० बिहान
- ADVERTISEMENT -

सेयरबजारको गिरावट जारी, कारोबारमा समेत कमी

प्रकाशित मिति: २०७५ वैशाख १६, आइतबार

1512
Shares

गत साताको सोमबारदेखि निरन्तर ओरालो लागेको सेयरबजार यो साताको पहिलो दिन आइतबार पनि घटेको छ । लगातार आठ दिनसम्म बढेर घट्न थालेको सेयरबजार लगातार पाँचौ दिनसम्म ओरालो लागेको हो । बजार घट्दै जाँदा सेयर बिक्री गर्नेक्रम केही थामिदा कारोबारमा समेत कमी आएको छ ।

लगातार आठ दिनसम्म बढ्दा १६८ अंक माथि उक्लिएको बजार पछिल्लो पाँच कारोबार दिनमा निरन्तर ओरालो लागेर ९० अंक तल झरेको छ ।

छोटो समयमा बजारमा नाफा लिनेहरु सक्रिय हुँदा सेयर बजार अस्थिर जस्तो देखिएको छ । लगानीकर्तामा अन्योलता रहदा छिनभरमा बढ्ने र छिनभरमा घट्ने क्रम आइतबारको बजारमा पनि रह्यो ।

आइतबार नेप्से ८.२१ अंकले घटेर १३४९.०१ अंकमा झरेको छ । यसदिन १६१ कम्पनीका ९ लाख ६६ हजार कित्ता सेयर ४० करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो कराोबारको तुलनामा कारोबार रकम २३ करोड कम हो । पाँच दिनमै बजार ९० अंक तल झरेपछि सेयर बिक्रेताहरु बजार फकिर्ने आशमा थामिदा कारोबार रकममा भने निरन्तर कमी आएको छ ।

कारोबारमा आएका दश समूहमध्ये पाँच समुहका सूचक बढेका छन भने पाँच समूहका सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक, जलविद्युत, वित्त, अन्य र माइक्रोफाइनान्सको उपसूचक घटेको छ भने व्यापार,होटल,विकास बैंक, वीमा र उत्पादन मुलक समूहको सूचक सामान्य बढेको छ ।

आइतबारको बजारमा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको एक करोड ५० लाखको सेयर किनबेच भयो । सेयर संख्याका हिसाबले सिभिल बैंकको सबैभन्दा धेरै ५१ हजार कित्ता कारोबार भयो ।

यसदिन पनि सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरमूल्य ९ प्रतिशतले बढ्यो भने नयाँ नेपाल लघुवित्त, उन्नती माइक्रोफाइनान्स तथा श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतको सेयरमूल्य बढेको छ । सबैभन्दा वरुण हाइड्रोका सेयरधनीले झण्डै आठ प्रतिशतका दरले गुमाए । जानकी फाइनान्स, युनाइटेड मोदी, प्रभु बैंक लगायतको सेयरमूल्य घटेको छ । मेरो लगानी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -