काठमाडौं ।
तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् ।

तनहुँमा एमाले–काँग्रेसले आफ्नो विरासत जोगाउन सकेन । गत मंसिरमा एमालेले ल्याएको १९,९८१ मतबाट झरेर ८,४८८ मा खुम्चिएको छ । त्यस्तै नेपाली काँग्रेससहित ५ दलिय गठबन्धनबाट मंसिरमा २५,३६१ बाट झरेर २०,१२२ मा खुम्चिएको छ । राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् ।
वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी मत हासिल गरेर विजयी भएका छन् ।








































