Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:२३ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनी प्रदेश सरकार गठन: धारा १६८(२) कि (३) अनुसार ?

प्रकाशित मिति: २०८० वैशाख ११, सोमबार

167
Shares

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनको हातमा गएको छ । मुख्यमन्त्री गिरी अल्पमतमा परेपछि प्रदेश प्रमुख अमिक शेरचनले अब नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् । तर नयाँ सरकार गठन गर्दा कुन धारा प्रयोग गरिनेछ भन्ने विषय चासोको रुपमा रहेको छ ।

संसद सचिवालयले आज विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको नतिजा प्रदेश प्रमुखलाई जानकारी गराउने छ । सो जानकारी प्राप्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने, ‘आफूहरुले आज विश्वासको मतको पक्ष र विपक्षमा प्राप्त मतको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पठाउँछौँ, त्यसपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुन्छ ।’

संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान भएमा नेपाली कांंग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वमा सरकार गठन हुनेछ । वर्तमान गठबन्धनमा आवद्ध दलहरुले १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान माग गर्दै यसअघि प्रदेश प्रमुख शेरचन समक्ष चौधरीलाई मुख्यमन्त्री प्रस्ताव पेश गरिसकेका छन् ।

यसैगरी संविधानको धारा १६८(३) अन्तर्गत सरकार गठनका लागि आह्वान भए संसदको ठूलो दलको हिसाबले पुनः एमालेले नै सरकारको नेतृत्व गर्न पाउने बताउँछ ।

एमाले सांसद भुमिश्वर ढकालले भने, ‘हामीहरुले धारा १६८ (३) अन्तर्गत नै सरकार गठनका लागि आह्वान हुन्छ भन्नेमा आशावादी छौँ ।’ उनले १६८ (२) अन्तर्गत नै अहिलेको सरकार बनेकाले अबको नयाँ सरकार गठनको बाटो १६८ (३) नै भएको दाबी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -