Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:२३ दिउँसो
- ADVERTISEMENT -

तनहुँमा शान्तिपूर्ण मतदान सम्पन्न

प्रकाशित मिति: २०८० वैशाख १०, आइतबार

194
Shares

तनहुँ, वैशाख १० गते। तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। ‘‘सबै मतदान केन्द्रमा शान्तपूर्ण रूपमा निर्वाचन पुरा भएको मतपेटिका ल्याउने तयारी भइरहेको छ’’ रिजालले भन्नुभयो। 

प्रारम्भिक जानकारी अनुसार ५२ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो। तथ्याङ्क अपडेट भइरहेकोले घटबढ हुनसक्ने उहाँको भनाइ छ। 

हाल मतपेटिका गणनास्थल दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउने तयारी भइरहेको  छ। निर्वाचनमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भए। रातिदेखि नै गणना गर्ने तयारी गरिएको छ। 

सर्वदलीय बैठक बसेर आज रातिदेखि नै मतगणना गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार देवघाट गाउँपालिका रहेको मतदान केन्द्र धेरै टाढा पर्ने भएकाले आज राति १२ बजेसम्म मतपेटिका आइपुग्ने अनुमान गरिएको छ। 

चर्को गर्मीबीच बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेका थिए। मतदाता बिहानैदेखि छाता ओढेर भए पनि मतदान गर्न पाउँदा उत्साही देखिएका थिए।

तनहुँ– १ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -