एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारले साउदीलाई २१७ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएपछि साउदीले मध्यम लक्ष्य पाएको हो ।
कतारका लागि मोहम्मद तानविरले ४६m कम्रान खानले ३६, इमाल लियानागले ३१, कप्तान मोहम्मद रिजलानले २८, खुराम सहजादले २७, इक्रमउल्लाह र सानदुनले १४ रन बनाए । बलिङतर्फ साउदीका इस्तियाक अहमदले चार विकेट लिए । त्यस्तै, अतिफ उर रहमान, जाइन उल अविदिन र अहमद बालाद्रफले समान २–२ विकेट लिए ।

यसअघि भएको आफ्नो पहिलो खेलमा कतार ओमानसँग ४० रनले पराजित भएको थियो । यता, साउदी अरब भने मलेसियासँग आठ विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेका साउदी र कतार दुवै टिम अंक बिहीन छन् । यी दुवै टिम आजको खेलमा जित निकाल्दै अंक बटुल्ने लक्ष्यमा छन् ।
यो समूह ‘ए’ मा नेपालसँगै, ओमान, साउदी अरब, मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन, कुवेत र सिंगापुर छन् ।









































